खेलकुद

भिल्लारियलमाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्लारियललाई रोमाञ्चक खेलमा पराजित गरेको छ ।

गएराती बार्सिलोनाले भिल्लारियललाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले निर्णायक गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि गाभी, फ्रेन्की डी जोंग र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि जुआन फोयिथ, एलेक्जान्डर सोरिओथ र एलेक्स बाएनाले एक एक गोल गरेका थिए ।

बार्सिलोनाको यो सिजनमा यो दोस्रो जित हो । यो जितपछि बार्सिलोनाको ३ खेलमा ७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भिल्लारियलको यो दोस्रो हार हो । भिल्ला रियलको ३ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *