खेलकुद

मेसी र गोमेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) अन्तर्गतको खेलमा इन्टर मियामी विजयी भएको छ ।

आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क रेड बुल्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा डिएगो गोमेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

गोमेज र मेसी दुवैको एमएलएसको नियमित खेलमा यो पहिलो गोल हो ।

यो जितपछि इन्टर मियामीले यस सिजनको एमएलएसमा छैटौं जित हासिल गरेको छ ।

इन्टर मियामीको २३ खेलमा २१ अंक भएको छ । एमएलएस लिगको पुछारमा रहेको इन्टर मियामी यो जितपछि २७औं स्थानमा उक्लिएको छ ।

त्यस्तै न्यूयोर्क रेड बुल्सको २५ खेलमा २९ अंक रहेको छ र लिगमा २१औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *