समाचार

नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था छैन : नेता कोइराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए । नेता कोइरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए ।

नेता कोइरालाले भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *