चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।
यो पहिरोलाई अहिलेसम्मकै सबैभन्दा ठुलो पहिरो भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् ।
सडक डिभिजन भरतपुरले सो क्षेत्रमा तैनाथ अवस्थामा राखिएको मेशिनबाट पहिरो पन्छाउने कार्य शुरु भएको जानकारी दिएको छ । माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकोले पुरै पहिरो पन्छाउन समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।




