देश

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । गत साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको सहयोग छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायत सम्मिलित गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद संख्या छ ।

गठबन्धनका कुनै एक जना सांसद अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । थापा दोस्राे पटक मुख्यमन्त्री बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *