खेलकुद

बराबरीमा रोकियो पिएसजी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी टोउलोउससँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी र टोउलोउस १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

पिएसजीका लागि किलीयन एम्बाप्पेले पेनाल्टी मार्फत खेलको ६२औं मिनेटमा गोल गरेका थिए भने टोउलोउसका लागि खेलको ८७औ मिनेटमा पेनाल्टीमार्फत जाकारिया अबोउखलालले गोल गर्दै खेल बराबरी गरेका थिए ।

योसँगै पिएसजीले यस सिजनका शुरुका दुई खेलमा बराबरी खेलेर नयाँ सिजनको औसत शुरुवात गरेको छ । यो खेलपछि पिएसजीको २ खेलमा २ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यस्तै टोउलोउसको भने २ खेलमा ४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *