खेलकुद

भारतविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको कब्जा

काठमाडौँ । वेस्ट इन्डिजले भारतविरुद्धको टी-२० सिरिजमा कब्जा गरेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजले ८ विकेटको जित निकाल्दै सिरिज ३-२ ले जितेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १८ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

योसँगै वेस्ट इन्डिजले टी-२० सिरिज ३-२ ले जितेको छ । वेस्ट इन्डिजले शुरुका दुई खेल जितेको थियो भने त्यसपछिका दुई खेल जितेर भारतले सिरिजमा कम्ब्याक गरेको थियो ।

यस सिरिजको प्लेयर अफ द सिरिज वेस्ट इन्डिजका निकोलस पुरन बनेका छन् ।

योसँगै भारतको वेस्ट इन्डिज टूर सकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *