देश

घरभित्रै पस्यो धोबीखोला

काठमाडौं । काठमाडौं उपत्यकामा बग्ने विष्णुमती, धोबीखोला, मनोहरा लगायतका खोलामा बाढी आएको छ । गए रातिदेखि परेको अविरल वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ ।

विष्णुमती, धोबीखोला, मनोहरा लगायत खोला किनारका सडकसम्म नै बाढी पुगेको छ । कपन,अनामनगर, शंखमुललगायत सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।

अहिले अनामनगर क्षेत्रमा धोबीखोला करिडोरको सडक बन्द भएको छ । वरपरका वस्तीमा बाढी पसेपछि नागरिक बाहिर निस्केका छन् । नेपाल प्रहरीले खोला वरपर नजान आग्रह गर्दै माइकिङ गरिरहेको छ । त्यस्तै ढुङ्गेधारा क्षेत्रका सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *