विश्व

चीनमा ५.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ ।

देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राती २ः३० बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ, जसमा कम्तीमा १० जना घाइते भएका छन्।

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो। यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *