खेलकुद

जापान महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । जापान जारी फिफा महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न राउण्ड १६ को खेलमा जापानले नर्वेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रिसा शिमिजु र हिनाता मियाजावाले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल नर्वेकी इनग्रिड सिर्स्ताद एनजेनले एक गोल आत्मघाती गोल गरेकी थिइन् ।

त्यस्तै नर्वेका लागि गुरो रेइटेनले एक गोल गरेकी थिइन् ।

यो जितपछि जापान महिला विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै नर्वे भने हारसँगै विश्वकपबाट बाहिरिएको छ ।

अब जापानले क्वाटरफाइनलमा स्विडेन र अमेरिकाबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै आज सम्पन्न खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *