खेलकुद

अरब क्लब च्याम्पियनसिपमा अल नासर बराबरीमा रोकियो

काठमाडौँ । अरब क्लब च्याम्पियनसिप अन्तर्गत अल नासर आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा अल नासर अल शाबाबसँग गोल रहित बराबरीमा रोकिएको हो ।

यो बराबरीपछि दुवै क्लबले समुह सी मा एक एक अंक हासिल गरेका छन् ।

यस समुहमा रहेको जामलेकले पहिलो खेलमा मोनास्टीरलाई पराजित गर्दै ३ अंक हासिल गरेर समुहमा शिर्ष स्थानमा रहेको छ ।

अब अल नासरले अर्को खेल अगस्त १ मा मोनास्टीरविरुद्ध खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *