खेलकुद

वेस्ट इण्डिजलाई भारतले ५ विकेटले हरायो

काठमाडौँ । भारतले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ५ विकेटले विअज्यी भएको हो ।

वेस्ट इण्डिजले दिएको ११५ रनको लक्ष्य भारतले २२.५ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

भारतका लागि इशान किसनले सर्बाधिक ५२ रन बनाएका थिए भने सूर्यकुमार यादवले १९, रविन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १२ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इण्डिजका बलर गुडाकेस मोतीले २ विकेट लिए भने जयडेन सिलेस र यानिक कारियाहले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले २३ ओभरमा अल आउट हुदै ११४ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक ४३ रन बनाए भने अलिक अथनाजले २२, ब्राण्डन किंगले १७ र शिमरोन हेटमायरले ११ रन बनाएका थिए । वेस्ट इण्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै वेस्ट इण्डिजलाई कम रनमा समेटन भारतीय बलरले उत्कृष्ट बलिङ गरेका थिए । भारतका बलर कुलदीप यादवले सर्बाधिक ४ विकेट लिएका थिए । यादवले ३ ओभरमा २ मेडनसहित ६ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ विकेट लिए भने हार्दिक पाण्डेय, श्रदुल ठाकुर र आफ्नो डेभ्यु खेल खेलेका मुकेश कुमारले एक एक विकेट लिएका थिए ।

यो जितपछि तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *