काठमाडौँ । जारी महिला फुटबल विश्वकपमा जापानले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा जापानले कोस्टा रिकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा हिकारु नाओमोटोले खेलको २५औं मिनेटमा र आओबा फुजिनोले खेलको २७औं मिनेटमा गोल गरेका थिए ।
समुह सी मा रहेको जापानको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गरको थियो ।
समुह सी मा जापानको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै कोस्टा रिकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।




