खेलकुद

महिला विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले हरायो

काठमाडौं । जारी फिफा फुटबल विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा फिलिपिन्सले न्यूजील्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फिलिपिन्सको जितमा खेलको २४औं मिनेटमा सरिना बोल्डेनले गरेको गोल नै खेलको खेलको निर्णायक गोल बनेको थियो ।

यो फिलिपिन्सको दोस्रो खेलमा पहिलो जित हो । यस अघि पहिलो खेलमा फिलिपिन्स स्वीट्जरल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै पहिलो खेलमा जित हासिल गरेको न्युजील्याण्डले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

समुह ए मा स्वीट्जरल्याण्ड, न्यूजील्याण्ड र फिलिपिन्सको ३-३ अंक भएको छ भने नर्वे अंकविहिन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *