खेलकुद

महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा खेको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेल्लीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इटालीले समुह जी मा महत्वपूर्ण ३ अंक हासिल गर्दै विश्वकपमा शानदार शुरुवात गरेको छ ।

यस समुहमा रहेको स्विडेनले दक्षिण अफ्रीकालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । स्विडेनले दक्षिण अफ्रीकालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *