खेलकुद

इन्टर मियामीको क्रुजविरुद्धको खेलमा मेसी बेन्चमा

काठमाडौँ । इन्टर मियामीले क्रुज अजुलविरूद्धको खेलमा लियोनेल मेसीलाई बेन्चमा राखेको छ ।

यस खेलमा शुरुमै डेभ्यु गर्ने अनुमान गरिएको भए पनि इन्टर मियामीले मेसीलाई सब्सटिच्युटमा राखेको हो ।

पिएसजी छोडेर इन्टर मियामी गएका मेसीले सम्भवत यस खेलमा सब्सटिच्युटको रुपमा डेभ्यु गर्ने छन् ।

इन्टर मियामीले लिग कप अन्तर्गतको पहिलो खेल अहिले मेक्सिकन क्लब क्रुज अजुलविरुद्ध खेल्दै छ । यस खेलमा इन्टर मियामीले मेसीसँग सँगै इन्टर मियामी आएका बार्सिलोनाका पूर्व खेलाडी सर्जियो बुस्क्वेटलाई पनि बेन्चमा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *