खेलकुद

ग्लोबल टी-२० मा दिपेन्द्रको उत्कृष्ट ब्याटिंग, सन्दीपको टिमलाई हरायो

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत सर्रे जागुअर्सलाई मोन्टरियल टाइगर्सले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सर्रेलाई मोन्टरियलले ५ विकेटले पराजित गरेको हो ।

सर्रेले दिएको १३७ रनको लक्ष्य पछाएको मोन्टरियलले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मोन्टरियललाई जिताउनेक्रममा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २८ रन बनाएका थिए । पहिलो पटक विदेशमा फ्रेन्चाइजी लिग खेलिरहेका दिपेन्द्रले २२ बलमा २ चौका प्रहार गर्दै २८ रन बनाएका थिए । उनलाई अर्का नेपाली बलर सन्दीप लामिछानेले आउट गरेका थिए ।

सन्दीपले पनि सर्रेका लागि ४ ओभरमा १७ रन दिएर २ विकेट लिदै राम्रो प्रदर्शन गरेका थिए । यद्यपी उनको टिमले हार बेहोरेको थियो ।

सर्रेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

यो जितपछि मोन्ट रियलले यस सिजनमा विजयी शुरुवात गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *