खेलकुद

इमर्जिङ कपमा नेपाल आज युएई ए सँग खेल्दै

काठमाडौं । आज नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत युएई ए सँग खेल्ने तालिका रहेको छ ।

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई ए बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेवाट सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएरको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

आजै समुह बि अन्तर्गत भारत ए र पाकिस्तान ए बीच अपराहन्न २ बजेदेखि खेल हुने छ । दुवै देश समुह बि बाट सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समुह विजेताको टुंगो लाग्ने छ । समुह ए बाट भने आयोजक श्रीलंका ए र बंगलादेश ए सेमिफाइनलमा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *