काठमाडौं । कप्तान रोहित पौडेलले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध ६५ रन बनाएर आउट भएका छन् ।
योसँगै नेपालले सातौं विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन, भिम सार्की ४, कुशल मल्ल ० र सोमपाल कामी १४ रन बनाएर आउट भएका थिए ।




