विश्व

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ बाट सम्मानित गरेको हो । यो फ्रान्सको सर्वोच्च नागरिक सम्मान हो ।

भारतीय प्रधानमन्त्री मोदीले यो सम्मानका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई धन्यवाद दिएका छन् ।

भारतीय प्रधानमन्त्री दुई दिने फ्रान्स भ्रमणमा छन् । भ्रमणकै क्रममा उनलाई यो सर्वोच्च सम्मान प्रदान गरिएको हो ।

मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । यद्यपि विश्वभरका अरू नेताहरूले यो सम्मान पाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *