देश

अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिएका छन् । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् ।

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *