खेलकुद

प्लेअफको फाइनलमा नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा आज नेपालले आयरल्याण्डसँग खेल्दै छ ।

खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदै छ ।

यस खेलको विजेताले सातौं स्थान हासिल गर्ने छ भने पराजित हुने देश विश्वकप क्वालिफायरमा आठौ हुने छ ।

नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट खेल्ने देशसँग खेल्दैछ । यसअघि नेपालले टेस्ट खेल्ने देश जिम्बाबे र वेस्ट इण्डिजसँग यसै क्वालिफायरमा खेलेको थियो ।

नेपाल र आयरल्याण्डबीच तीन टी- २० खेल भएपनि एकदिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

यसअघि क्वालिफायरमा नेपाल समुह बाट सुपर सिक्समा जान असफल भएको थियो भने आयरल्याण्ड समुह बि बाट सुपर सिक्सबाट पुग्न असफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *