खेलकुद

साफको फाइनलमा भारत र कुवेत भिड्दै

काठमाडौँ । साफ च्याम्पियनसिपको फाइनलमा आज भारत र कुवेतबीच भिडन्त हुदैछ । फाइनल खेल आज राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

कुवेतले सेमिफाइनलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो भने भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गरेर फाइनलमा पुगेको हो ।

भारतले सर्वाधिक ८ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ । भारत चार पटक उपविजेता बनेको छ भने एक पटक तेस्रो भएको थियो । कुवेत भने पहिलो पटक साफमा आमन्त्रित टिमको रुपमा भाग लिएको हो ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिएका थिए । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेलेन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको थिए । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *