खेलकुद

सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंका भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

हरारे स्पोटर्स क्लब, हरारेमा दिउँसोको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् ।

अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् ।

सुपर सिक्समा जिम्बाबेको ६ अंक भएको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *