काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले स्कटल्याण्डलाई हराएको छ । श्रीलंकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २९ ओभरमा १६३ रन बनाउँदै अलआउट भयो ।
स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले अविजित ५६ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै क्रिस सोल १७ र क्रिस्टोफर म्याकब्राइडले १० रन बाहेक अन्य व्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि वुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २४५ रनमा आलआउट भएको थियो । श्रीलंकाका लागि पथुम निसानकाले ७५ रन बनाए ।
यस्तै हरिता असलंकाले ६३ रन बनाए । यस्तै सदीरा समरविक्रमा २६, धनञ्जय डि सिल्भा २३, महेष थेकसनले अविजित १६ र वानिन्दु हसरंगाले १२ रन बनाए ।
स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले ४ विकेट लिए । यस्तै मार्क वाट ३, क्रिस सोल २ र अलस्डायर इभान्सले एक विकेट लिए ।
यो जितसँगै श्रीलंका समूहको शिर्ष स्थानमा रहँदै ४ खेलबाट ८ अंक बनाएको छ । यस्तै स्कटल्याण्ड पराजित भएपनि यसअघि नै सुपर सिक्सका लागि छनोट भइसकेको छ ।
समुह ‘ए’ बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । त्यस्तै समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।
त्यस्तै टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुक तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।




