काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले स्कटल्याण्ड २४६ रनको लक्ष्य दिएको छ ।
वुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २४५ रनमा आलआउट भयो ।
श्रीलंकाका लागि पथुम निसानकाले ७५ रन बनाए । यस्तै हरिता असलंकाले ६३ रन बनाए ।
यस्तै सदीरा समरविक्रमा २६, धनञ्जय डि सिल्भा २३, महेष थेकसनले अविजित १६ र वानिन्दु हसरंगाले १२ रन बनाए ।
स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले ४ विकेट लिए । यस्तै मार्क वाट ३, क्रिस सोल २ र अलस्डायर इभान्सले एक विकेट लिए ।




