खेलकुद

श्रीलंकाले दियो आयरल्याण्डलाई ३२६ रनको लक्ष्य

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले आयरल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको छ ।

बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा ३२५ रन बनाउँदै अलआउट भयो ।

श्रीलंकाका लागि दिमुथ कुरुनारत्नेले शतकिया पारी खेले । उनले १०३ बलमा १०३ रननै बनाए ।

यस्तै सदीरा समरविक्रमाले ८२, धनञ्जय डि सिल्भाले अविजित ४२, हरिता असलंका ३८ र पथुम निसानकाले २० रन बनाए ।

आयरल्याण्डका लागि बलर मार्क अडायरले ४ विकेट लिए । यस्तै ब्यारी म्याकार्थीले ३ तथा ग्यारेथ डेलानीले २ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *