काठमाडाैं । चीनले नाइजेरियामा १२ हजारवटा बिजुली बस बेच्ने भएकाे छ । ८० सिटे यो बिजुली बस एकपटक चार्ज गर्दा २८० किमि कुद्छ । यसबाट नाइजेरियाले वार्षिक ३४२ अर्ब इन्धनमा हुने खर्च बचाउने भएकाे छ ।
लागोस मेट्रोपोलिटन एरिया ट्रान्सपोर्ट अथोरिटीले आगामी सात वर्षमा १२ हजार विद्युतीय बसहरू परिचालन गर्ने योजना बनाएको छ। बसहरू चिनियाँ ओएम युटाेङद्वारा आपूर्ति गरिनेछ । ओआन्डो क्लिन एनर्जी लिमिटेड नाइजेरियाको बहुराष्ट्रिय तेल कम्पनी ओआन्डोको सहायक कम्पनीले चार्जिङ पूर्वाधार प्रदान गर्ने समाचारमा जनाइएकाे छ।
युटोङका विद्युतीय बसहरू वातानुकूलित र वाइफाइले सुसज्जित छन्। दुई पाइलट रहने गाडीहरू चलाउन ओसीएलले केही चार्जिङ स्टेशन र स्पेयर पार्ट्सको डेलिभरी लिएको छ। लागोस राज्यले इन्धन र मर्मतसम्भार लागतमा २.६ बिलियन बचत गर्ने अपेक्षा गरिएको छ।
नेपालमा पनि यस्ता बस आवश्यक भइसकेकाे छ । किनभने यसबाट धेरै इन्धन कटाैती हुनेछ । नेपालकाे वार्षिक एक खर्ब बचत हुनेछ । नेपालमा विद्युत उत्पादनकाे क्षमता बढ्दै गएकाले यस्ता बिजुली बस ल्याउन जनस्तरबाट माग बढ्दै गएकाे छ ।




