खेलकुद

अमेरिकन बलर फिलिपको खराब एक्शन, आइसीसीले लगायो प्रतिबन्ध

काठमाडौँ । आइसीसीले अमेरिकाका तिब्र गतिका बलर काइल फिलिपलाई प्रतिबन्ध लगाएको छ ।

खराब बलिङ एक्शनका कारण फिलिपलाई आइसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाएको हो ।

फिलिप अहिले जिम्बाबेमा जारी क्रिकेट विश्वकप क्वालिफायर खेलिरहेको अमेरिकन टिममा रहेका छन् । फिलिपले क्वालिफायरको पहिलो खेलमा वेस्टइण्डिजविरुद्ध ३ विकेट समेत लिएका थिए । सो खेलपछि अफिसियलहरुले फिलिपको एक्शनको बारेमा रिपोर्ट गरेका थिए । त्यसपछि आइसीसीको प्यानलले २६ बर्षिय फिलिपको एक्शन नियम विपरित भएको ठहर गरेको हो ।

आइसीसीले उनलाई तत्कालदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको र उनको बलिङ एक्शन बारे पुन परिक्षण गर्ने अवसर दिने बताएको छ ।

जारी क्वालिफायरमा अमेरिकाले आफ्ना तीन खेल हारेको छ र अब आगामी सोमबार जिम्बाबेसँग खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *