राजनीति

केन्द्रीय समिति बैठकअघि माओवादीले पठाएको ५ बुँदे सर्ककुलरमा के छ ?

काठमाडौं । केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा नेकपा माओवादी केन्द्रले ५ बुँदे सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर गरेर बिहिबार केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा सर्कुलर पठाइएको हो ।

असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको तालिका तय भएको छ । । कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने भएको छ ।

पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।

विगतको निर्वाचनका समयमा पाटीभित्र भएका अन्र्तघात र कम्जोरीहरु पनि लिखित प्रतिवेदनसहित असार २५ भित्र पाटीको केन्द्रिय कार्यलयमा पठाइसक्न निर्देशन जारी गरिएको छ । पाटीमा देखिएका कम्जारी सुधारका लागि नेकपा माओवादीले यस्ता तालिकाहरु सार्वजनिक गरेको होे । यदि कसैले पाटीलाई सुझाव दिन चाहेको अवस्थामा केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरु, मोर्चाका फ्याक्सन इञ्चार्जलगायतले असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने भएका छ ।

सबै केन्द्रीय सदस्यह र प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पौषमा सम्पन्न भएको आठौं महाधिवेशनको हिसाब फछ्यौट गर्न बाँकी रहेका प्रदेशहरूले समेत आगामी केन्द्रीय समितिको बैठक अगावै अनिवार्य रुपमा हिसाब मिलान गरी फछ्यौट गर्न निर्देशन दिइएको छ ।

माओवादीले पठाएको सर्कुलरमा हालै नेकपा माओवादी केन्द्रसहितका चार दलबीच बनेको समाजवादी मोर्चाबारे पार्टीले मोर्चाको अवधारणापत्र पनि सर्कुलरमा पठाएको छ । समाजवादी मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् । उक्त मोर्चाको १५ बुँदे प्रतिबद्धता रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *