काठमाडौँ । साफ च्याम्पियनसिपमा जारी खेलमा नेपालविरुद्ध कुवेतले २-० गोलको अग्रता लिएको छ ।
भारतको बैन्ग्लुरुमा जारी खेलको पहिलो हाफमा कुवेतले २-० को अग्रता लिएको हो ।
कुवेतका लागि खेलको २३औँ मिनेटमा कुवेतका कप्तान खालिद हजिया र खेलको ४२औं मिनेटमा शबैब अलखाल्दीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका हुन् ।




