खेलकुद

सेनेगलसँग हार्यो ब्राजिल

काठमाडौँ । मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सेनेगलले ब्राजिललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

सेनेगलको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने हबिब डियाल्लोले एक गोल गरेका थिए । त्यस्तै ब्राजिलका मार्क्वून्होसले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी ब्राजिलका लागि लुकास पाक्वेटा र मार्क्वून्होसले एक एक गोल गरेका थिए ।

यस खेलमा ब्राजिलका नेइमार खेलेका थिएनन् । पछिल्लो मार्चमा पिएसजीबाट खेल्ने क्रममा घाइते भएका नेइमार अहिलेसम्म मैदानमा फर्किएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *