खेलकुद

युरो छनौटमा फ्रान्सको लगातार चौथो जित

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले ग्रीसलाई पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा फ्रान्सले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा खेलको ५५औं मिनेटमा किलीयन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ६९औं मिनेटमा ग्रीसका माभ्रोपानोसले रातो कार्ड पाएपछि ग्रीस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समुह बी मा फ्रान्सले लगातार ४ खेलमा १२ अंकसहित समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ग्रीसको भने ३ खेलमा ६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *