खेलकुद

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल ४१ रनमा आउट

काठमाडौँ । नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो खेलमा जिम्बाबेविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले मल्ललाई गुमाएको हो ।

मल्ल ४२ बलमा ४१ रन बनाएर आउट भएका छन् । उनलाई जिम्बाबेका बलर टेण्डाइ चताराले आउट गरेका हुन् ।

अहिले आरिफ सेख २ रन बनाएर खेलिरहेका छन् भने गुलशन झा मैदानमा आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *