मुख्य समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर भएको जनाएका हुन् ।

उनका अनुसार मुटुको चालको मनिटरिङ आवश्यक भएकाले राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

शनिबार बिहान २ बजे मुटुमा पुनस् समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *