खेलकुद

ओमानविरुद्ध नेपालको राम्रो शुरुवात, सोमपालको घातक बलिङ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट क्वालिफायर अघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध शानदार शुरुवात गरेको छ ।

जिम्बाबेको हरारेमा जारी खेलमा टस हारेर पहिला बलिङ गर्दै नेपालले ओमानका शुरुवाती चार विकेट लिएको छ ।

नेपाली बलर सोमपाल कामीले घातक बलिङ गर्दै ओमानका तीन विकेट लिएका छन् भने एक विकेट करण केसीले लिएका छन् ।

यो समाचार तयार गरुन्जेल ओमानले १६ ओभेरमा ४ विकेट गुमाएर ४२ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *