खेलकुद

बेलिङहम रियल म्याड्रिडमा अनुबन्धित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघमलाई अनुबन्ध गरेको छ । रियलले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८८.५ मिलियन पाउन्डमा बेलिङघमलाई ६ वर्षको लागि अनुबन्ध गरेको जनाएको छ।

उनी २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए । गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *