काठमाडौं । दिल्लीसहित सम्पूर्ण उत्तर भारतमा भूकम्पको धक्का महसुस गरिएको छ।
इएमएसीका अनुसार भूकम्पको केन्द्रबिन्दु जम्मू कश्मीरको किश्तवाडबाट ३० किलोमिटर दक्षिणपूर्वमा थियो। यसको तीव्रता रिक्टर स्केलमा ५.७ मापन गरिएको छ ।
सोही समयमा भूकम्पको केन्द्रविन्दु जम्मू कश्मीरको डोडामा रहेको र यसको तीव्रता रिक्टर स्केलमा ५.४ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै श्रीनगरका एक स्थानीय बासिन्दाले भने, ‘अहिले भूकम्प गएपछि विद्यालयमा रहेका बालबालिकाहरू डराए। यो अघिल्लो हप्ता पनि आयो, तर आज आएको त्यो बलियो थियो। भूकम्प गएपछि मानिसहरु घर र सवारीसाधनबाट बाहिर निस्केका थिए।




