राजनीति

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन गगनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकालाई यसले संकुचित पार्छ र काम प्रभावित गर्छ,’ थापाले भने । आर्थिक वर्ष ०८०÷८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने प्रस्ताव गरिएको छ। निर्वाचन आयोगले पनि सरकारको यो प्रस्तावको आलोचना गरेको छ।

जिल्ला प्रशासनले गर्ने काम कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन नसक्नेसमेत उनको भनाइ छ। ‘खर्च कटौतीको कोणबाट हेर्दा पनि वार्षिक १५ करोड बचत हुने देखिन्छ। के १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको हो ? मलाई यस्तो लाग्दैन,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *