खेलकुद

सुनिलको गोलमा एपीएफसँग हारबाट जोगियो थ्री स्टार

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन् ।

शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र एपीएफ क्लब १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

एपीएफले खेलको २३औं मिनेटमा मणि कुमार लामाको गोलमा शुरुवाती अग्रता लिएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो ।

थ्री स्टारले खेलको ८६औँ मिनेटमा सुनिल तामाङको गोलमा खेल बराबरी हारबाट जोगिएको थियो ।

यो बराबरीपछि थ्री स्टार क्लबको २४ खेलमा २८ अंक भएको छ र लिगमा ११औं स्थानमा नै रहेको छ । त्यस्तै एपीएफको २४ खेलमा ३१ अंक भएको छ र लिगमा सातौ स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *