खेलकुद

मेसीपछि रामोसले पनि पिएसजी छोड्दै

काठमाडौँ । लियोनेल मेसीसँगै सर्जियो रामोसले पनि पिएसजी छोड्ने भएका छन् ।

रियल म्याड्रिडबाट पिएसजी आएर दुई सिजन खेलेका रामोसको पेरिसको समय भने त्यति सन्तोषजनक रहेन ।

रामोसको पिएसजीसँग यहि जुनको अन्त्यसँगै सकिन लागेको छ । पिएसजीले उनको सम्झौता नवीकरण नगर्ने स्पष्ट गरेपछि अब रामोसको पेरिस बसाई पनि टुंगिने भएको हो ।

३७ बर्षिय रामोसले दुई सिजनमा पिएसजीका लागि ५७ खेल खेलेका छन् । उनले आफ्नो सामाजिक संजालमा पिएसजी र क्लबका फ्यानलाई बिदाइ सन्देस लेख्दै बिदा भएका छन् । उनले दुई विशेष बर्ष पिएसजीमा बिताउने अवसर पाएकोमा क्लबलाई कृतज्ञता व्यक्त गरेका छन् ।

रामोसले पिएसजीमा शनिबार राति हुने क्लेरमोन्टविरुद्धको लिगको अन्तिम खेल खेलेर बिदा हुने भएका छन् । रामोससँगै मेसीले पनि यस खेल खेलेर पिएसजीबाट बिदा हुदै छन् ।

रामोसले पिएसजी छोड्ने भएपछि कैयौं साउदी क्लबले उनलाई भित्र्याउन चासो देखाएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *