मुख्य समाचार

मस्कोमा ड्रोन आक्रमण, युक्रेनको हात रहेको रुसको आरोप

काठमाडौँ । रुसले युक्रेनमा लगातार ड्रोन आक्रमण गरिरहेको बेला रुसको राजधानी मस्कोमा पनि ड्रोन आक्रमण गरिएको छ ।

ड्रोन आक्रमणबात मस्कोस्थित केहि अपार्टमेन्टमा क्षति पुगेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अज्ञात ड्रोनलाई मस्कोमा रसियन एयर डिफेन्स फोर्सले खसालेको रुसी फेडरल अनुसन्धान एजेन्सीले जानकारी दिएको छ । रुसले यस घटनालाई युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

रुसी विदेश मन्त्रालयले कुल ८ ड्रोनले आक्रमण गरिएको र यो आक्रमणको पछाडी युक्रेनको हात रहेको बताएको छ ।

यसैबीच युक्रेनले यस घटना बारे कुनै टिप्पणी नगरेपनि कीभमा ३० रुसी ड्रोनलाई खसालेको जानकारी दिएको छ ।

ड्रोन आक्रमणपछि मस्को स्थित विमानस्थल भने संचालन मै रहेको रुसले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *