काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाको बयान आइतबार काठमाडौं जिल्ला अदालतमा सकिएको छ । अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका हुन् ।
इन्द्रजित राई, टंककुमार र सन्दीपलाई बयानका लागि काठमाडौँ जिल्ला अदालतमा झिकाइएको थियो । आरोपित इन्द्रजितले राईले बयान अस्वास्थ्य भएको बहानमा बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान लिएको जनाएका छन् । इन्द्रजित राईसँग भने अब मंगलबारमात्र बयान लिइने भएको काठमाडौँ जिल्ला अदालातले जनाएको छ ।




