खेलकुद

एनआरटीले सातदोबाटोलाई हरायो

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्र्गत न्युरोड टिम एनआरटी विजयी भएको छ ।

च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको निकोलस सङ र सनम लिम्बुले एक–एक गोल गरे । एनआरटीका शिव सुवेदीले एक गोल फर्काए । एनआरटीका लागि खेलको ६३ औं मिनेटमा निकोलस र ६७ औं मिनेटमा सनमले गोल गरेका थिए ।

सातदोबाटोका लागि खेलको ७७ औं मिनेटमा शिवले गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

एनआरटीको यो सातौं जित हो । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *