काठमाडौं । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।
च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
जारी लिगमा सातोदोबाटोको २१ खेलमा २९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ भने न्यूरोड टिमको २१ खेलमा २६ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रि स्टार क्लब आमने सामने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । जारी लिगमा मनाङको २१ खेलमा २५ अंकसहित लिगमा १२औं स्थानमा छ भने थ्री स्टारको २१ खेलमा २६ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।




