देश

गृहसचिवमा दिनेश भट्टराईको सरुवा, विनोदप्रकाश सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानिए

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिव हेरफेर गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।

सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँण भएका बेला विनोद प्रकाश सिंह गृहसचिव थिए । सिंहको प्रधानमन्त्री कार्यलयमा सरुवा हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *