खेलकुद

बैंगलोरलाई हराउदै तेस्रो स्थानमा उक्लियो मुम्बई इण्डियन्स

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

बैंगलोरले दिएको २०० रनको लक्ष्य पछाएको मुम्बईले १६.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले सर्बाधिक ८३ रन बनाए भने नेहाल बधेराले अविजित ५२ रन बनाए । त्यस्तै इशान किशनले ४२ रन बनाएका थिए ।

त्यस्तै बैंगलोरका बलर वैनान्दु हसरंगा र विजयकुमार वैश्यकले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ६८ रन बनाए भने फाफ डु प्लेसिसले ६५ रन बनाएका थिए ।

त्यस्तै दिनेश कार्तिकले ३० रन बनाए भने केदार जादभ र विनान्दु हसरंगाले १२-१२ रन बनाए ।

त्यस्तै मुम्बईका बलर जासन बेहरेनडोर्फ़ले सर्बाधिक ३ विकेट लिए भने क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार कार्तिकेयले एक एक विकेट लिए ।

यो जितपछि मुम्बई इण्डियन्स जारी आइपिएलमा ११ खेलमा ६ जितसहित १२ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै बैंगलोरभने ११ खेलमा १० अंकसहित सातौं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *