काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग स्तब्ध बनेको छ ।
गएराती सम्पन्न खेलमा वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्टह्यामको जितमा खेलको २७औं मिनेटमा सेड बेनराहमाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
म्यानचेस्टर युनाइटेडको यो हारले लिगमा तेस्रो स्थानमा उक्लिने अवसर गुमेको छ । साथै शिर्ष चार भित्रको संघर्ष थप रोमाञ्चक बनेको छ ।
म्यानचेस्टर युनाइटेडको ३४ खेलपछि ६३ अंक रहेको छ र अहिले लिगको चौथो स्थानमा रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडलाई हराएर महत्वपूर्ण ३ अंक जोडेको वेस्टह्याम युनाइटेडको ३५ खेलमा ३७ अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।




