विश्व

युक्रेनले पुटिनको हत्या गर्न दुई ड्रोन पठाएको रुसको दाबि

मस्को । रुसले युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।

रुसी राष्ट्रपतिको कार्यालयले युक्रेनले बुधबार राति क्रेमलिनमा ड्रोन आक्रमण गरेको जनाएको छ । यसको उद्देश्य राष्ट्रपति पुटिनको हत्या गर्नु रहेको क्रेमलिनको दाबि रहेको रुसको सरकारी समाचार एजेन्सी आरआइएले उल्लेख गरेको छ । मस्कोका बासिन्दाहरूले पनि स्थानीय समय अनुसार दिउँसो २ बजेपछि क्रेमलिनको पर्खाल पछाडि विस्फोटको आवाज सुनेको बताएका छन् । यसपछि क्रेमलिनको आकाशमा धुवाँ उडेको देखियो ।

एक स्थानीय टेलिग्राम च्यानलले स्थानीय बासिन्दाहरूको रेकर्ड भिडियो फुटेज पनि साझा गरेको छ । यद्यपि यस आक्रमणमा युक्रेनको संलग्नता स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *