विश्व

पाराग्वेमा ४४ वर्षीय कन्जरभेटिभ नेता पेना राष्ट्रपतिमा विजयी

काठमाडौँ । पाराग्वेमा ४४ वर्षीय कन्जरभेटिभ नेता सान्टियागो पेना राष्ट्रपति चुनावमा विजयी भएका छन् । सान्टियागो एक अर्थशास्त्री हुन् ।

पेनाको जितसँगै दक्षिणपन्थी कोलोराडो पार्टीले पाराग्वेमा फेरि सरकार बनाउने निर्णय गरेको छ । पाराग्वेमा विगत ७६ वर्षको अधिकांश समयदेखि कोलोराडो पार्टी सत्तामा छ। दक्षिण अमेरिकी क्षेत्रमा वामपन्थी सरकारहरू सत्तामा फर्किँदा पाराग्वेमा अझै पनि दक्षिणपन्थी राजनीति हावी छ ।

पाराग्वेमा सान्टियागो पेनाले कुल ९९ प्रतिशत भोटमध्ये ४३ प्रतिशत पाएका छन् । चुनावी अभियानका क्रममा पेनाले रोजगारी सिर्जना गर्ने, ऊर्जाको मूल्य घटाउने र लागुऔषधको व्यापार अन्त्य गर्ने जस्ता ठूला वाचा गरेका थिए ।

पाराग्वेमा सान्टियागो पेनाको जितपछि अमेरिकासँग पाराग्वेको सम्बन्ध बिग्रने सम्भावना छ । पेना पाराग्वेका पूर्व राष्ट्रपति होरासियो कार्टेसको नजिक छन् । कार्टेस पाराग्वेको सत्तारुढ कोलोराडो पार्टीका अध्यक्ष हुन् । कार्टेसमाथि इस्लामिक आतंकवादी संगठन हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *